YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:1-3

१ यूहन्‍ना 4:1-3 सरल नेपाली

प्‍यारा भाइहरू, आफूसँग पवित्र आत्‍मा हुनुहुन्‍छ भन्‍ने जति सबैलाई विश्‍वास नगर, तर तिनीहरूसँग परमेश्‍वरको आत्‍मा हो कि होइन, जाँचेर हेर किनभने धेरै झूटा अगमवक्ताहरू पनि जताततै गएका छन्। येशू ख्रीष्‍ट मानिस हुनुभयो भन्‍ने आत्‍मा नै परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ। यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍नेछौ। येशूलाई यसरी मानिस हुनुभयो भनी नमान्‍ने आत्‍माचाहिँ परमेश्‍वरको आत्‍मा होइन। यो आत्‍माचाहिँ ख्रीष्‍ट-विरोधीबाट आएको हो। त्‍यो आउँछ भनेर तिमीहरूले सुनेका छौ र त्‍यो अहिले नै संसारमा आइसकेको छ।

१ यूहन्‍ना 4 पढ्नुहोस्