YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:1-3

१ यूहन्‍ना 4:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। परमेश्‍वरको आत्मालाई तिमीहरू यसरी चिन्‍न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्‍वरबाटको हो। तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्‍वरबाटको होइन। अनि यही नै ख्रीष्‍ट विरोधीको आत्मा हो, जो आउँछ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:1-3 पवित्र बाइबल (NERV)

मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्। परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।” अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरूले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्‍यारा भाइहरू, आफूसँग पवित्र आत्‍मा हुनुहुन्‍छ भन्‍ने जति सबैलाई विश्‍वास नगर, तर तिनीहरूसँग परमेश्‍वरको आत्‍मा हो कि होइन, जाँचेर हेर किनभने धेरै झूटा अगमवक्ताहरू पनि जताततै गएका छन्। येशू ख्रीष्‍ट मानिस हुनुभयो भन्‍ने आत्‍मा नै परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ। यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍नेछौ। येशूलाई यसरी मानिस हुनुभयो भनी नमान्‍ने आत्‍माचाहिँ परमेश्‍वरको आत्‍मा होइन। यो आत्‍माचाहिँ ख्रीष्‍ट-विरोधीबाट आएको हो। त्‍यो आउँछ भनेर तिमीहरूले सुनेका छौ र त्‍यो अहिले नै संसारमा आइसकेको छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्