अब म तिमीहरूले लेखेका कुराको बारेमा भन्दछु। मानिस बिहे नगरी बस्छ भने राम्रो हो। तर व्यभिचारमा नपरून् भनेर सबैले बिहे गरून्। प्रत्येक स्वास्नी-मान्छेको आफ्नो लोग्ने होस् अनि प्रत्येक लोग्ने मान्छेको पनि आफ्नी स्वास्नी होस्। पुरुषले लोग्नेको कर्तव्य पूरा गरोस्। स्त्रीले पनि स्वास्नीको कर्तव्य पूरा गरोस् र दुवैले एक-अर्काको खाँचो पूरा गरून्। स्वास्नीको शरीर स्वास्नीको होइन, लोग्नेको हो। त्यसै गरी लोग्नेको शरीर लोग्नेको होइन, स्वास्नीको हो। एक-अर्कालाई इन्कार नगर। केही समयका लागि सल्लाह गरेर प्रार्थना गर्न अलग बसे पनि अरू बेलाचाहिँ सँगै होऊ। नत्रता तिमीहरूले मन थाम्न नसके शैतानले फसाउने मौका पाउनेछ। म यो कुरा आज्ञा दिएर त होइनँ तर छुट दिएर भन्दै छु। हुन त सबै मजस्तै भएकै राम्रो हुन्थ्यो, सबैले परमेश्वरबाट भिन्दाभिन्दै वरदान पाएका छन्। एउटासँग एक किसिमको वरदान छ भने अर्कोसँग अर्कै किसिमको छ। अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्दै छु। तिमीहरूले बिहे नगरीकन मजस्तै बस्नु राम्रो हो। तर तिमीहरू मन थाम्न सक्दैनौ भने बिहे गर। तिर्सनाले जल्नुभन्दा बिहे गर्नु राम्रो हो। बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्नै त होइन, प्रभुको हो। स्वास्नीले लोग्नेलाई नछोडोस् अनि लोग्नेले स्वास्नीलाई पनि नत्यागोस्। स्वास्नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्यसै बसोस् कि फेरि आफ्नो लोग्नेसँग मिलेर बसोस्। अरूहरूलाई प्रभुबाट होइन, म आफैं भन्दछु, ख्रीष्टिय भाइको येशूमा विश्वास नगर्ने स्वास्नी छ र ऊसँगै बस्न चाहन्छे भने उसलाई नत्याग्नू। त्यस्तै कुनै ख्रीष्टिय बहिनीको येशूमा विश्वास नगर्ने लोग्ने छ र ऊसँगै बस्न राजी छ भने उसलाई नछोड्नू किनभने विश्वास नगर्ने लोग्ने विश्वास गर्ने स्वास्नीद्वारा पवित्र ठानिन्छ र विश्वास नगर्ने स्वास्नीचाहिँ विश्वास गर्ने लोग्नेद्वारा पवित्र ठानिन्छे। यदि त्यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्। तर विश्वास नगर्नेले आफ्नो ख्रीष्टिय लोग्ने वा स्वास्नीलाई छोड्न चाहन्छ भने छोड्न देओ। त्यस बेलाचाहिँ विश्वास गर्ने भाइ वा बहिनी स्वतन्त्र हुन्छ। परमेश्वरले तिमीहरूलाई त शान्तिको लागि छान्नुभएको हो।
१ कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 7:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू