परमेश्वरको आफ्नै इच्छाबाट येशू ख्रीष्टको दूत हुन बोलाइएको म पावल र सोस्थेनेस भाइबाट कोरिन्थमा भएको परमेश्वरको ख्रीष्टिय-मण्डलीलाई, ख्रीष्ट येशूमा पवित्र बनाइएका र ख्रीष्टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्टको नाउँ पुकार्नेहरूलाई यो लेख्दै छौं। हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। तिमीहरूको लागि साथै ख्रीष्ट येशूमा परमेश्वरले तिमीहरूलाई गर्नुभएको अनुग्रहको लागि पनि म उहाँलाई सधैँभरि धन्यवाद चढाउँछु किनभने ख्रीष्टमा तिमीहरू सबै कुराले धनी भएका छौ। त्यसैले तिमीहरूमा बोल्ने शक्ति र सबै कुरा भन्न सक्ने ज्ञान छ किनभने ख्रीष्टको बारेमा दिएको गवाही सत्य हो भनी परमेश्वरले तिमीहरूमा प्रमाण गर्नुभयो। त्यही कारणले हाम्रा प्रभु येशू ख्रीष्टको बाटो हेर्दा तिमीहरूलाई कुनै पनि वरदानको अभाव छैन। हाम्रा प्रभु येशू ख्रीष्ट आउने दिनमा तिमीहरू निर्दोष होओ भनेर उहाँले तिमीहरूलाई आखिरिसम्म दरिलो बनाउनुहुनेछ। परमेश्वर भरपर्दो हुनुहुन्छ। उहाँले नै आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टसँग रहन तिमीहरूलाई बोलाउनुभयो। प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्यमा लाग्ने होओ किनभने मैले केही कुरा तिमीहरूको बारेमा क्लोएको घरानाबाट सुनेको छु कि तिमीहरूका बीचमा झगडा छ रे। मैले सुनेको कुरो यो हो कि तिमीहरू कोही ‘म पावलको हुँ’ त्यस्तै ‘कोही अपोल्लोसको’ कोही ‘पत्रुसको’ अनि कोही ‘ख्रीष्टको हुँ’ भन्छौ रे। के ख्रीष्ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका लागि क्रूसमा बलि भएको थियो? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ? परमेश्वरलाई धन्यवाद होस्, क्रिस्पस र गायसबाहेक अरू कसैलाई मैले बप्तिस्मा दिइनँ। त्यसो हुँदा मैले आफ्नो चेला बनाउन तिमीहरू कसैलाई पनि बप्तिस्मा दिएँ भनी कसैले भन्न सक्दैन। हो, मैले स्तिफनसका घरानालाई पनि बप्तिस्मा दिएँ। यसबाहेक मैले कसैलाई बप्तिस्मा दिएको थाहा छैनँ। ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्टको बलिदानको शक्ति नै व्यर्थ हुनेथियो।
१ कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 1:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू