YouVersion लोगो
खोज आइकन

१ इतिहास 10

10
शाऊल राजाको मृत्‍यु
(१ शमूएल ३१:१-१३)
1पलिश्‍तीहरूले इस्राएलीहरूसँग गिल्‍बो डाँडामा लडाइँ गरे। त्‍यहाँ धेरै इस्राएलीहरू मारिए र बाँकी रहेका इस्राएलीहरू, शाऊल र उनका छोराहरूसमेत भागे। 2तर पलिश्‍तीहरूले तिनीहरूलाई भेट्टाएर लिएर गई र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे। 3शाऊलका चारैतिर घमासान लडाइँ भयो, उनलाई शत्रुको काँड लाग्‍यो र उनी घाइते भए। 4आफ्‍ना हतियार बोक्‍ने ठिटालाई उनले भने, “तेरो तरवार थुतेर मलाई मार्‌ र साँचो ईश्‍वर नमान्‍ने यी पलिश्‍तीहरूले मेरो तमाशा हेर्न नपाऊन्।” तर त्‍यो केटो त्‍यसो गर्न डरायो। यसकारण शाऊलले आफ्‍नो तरवार थुते र त्‍यसमाथि आफैं रोपिए। 5शाऊल मरेका देखेर त्‍यस केटा पनि आफ्‍नै तरवारमा रोपिएर मर्‍यो। 6यसरी शाऊल र उनका तीन छोराहरू सबै एकसाथ मरे र उनको राज्‍यको अन्‍त्‍य भयो। 7जब यिजरेलका बेसीमा बास गर्ने इस्राएलीहरूले सेना भाग्‍यो र शाऊल र उनका तीन भाइ छोराहरू मरे भनी सुने, तिनीहरू आफ्‍ना सहरहरू छोडी भागे। त्‍यसपछि पलिश्‍तीहरू आए र सहर कब्‍जा गरे।
8लडाइँ भएको भोलिपल्‍ट पलिश्‍तीहरू लाश लुट्‍न निस्‍के। तिनीहरूले गिल्‍बो डाँडामा शाऊल र तिनका छोराहरूको लाश लडिरहेका भेट्टाए। 9तिनीहरूले शाऊलको टाउको काटे, उनका हात-हतियार र झिलम खोले र सारा पलिश्‍ती देशमा सो शुभखबर आफ्‍ना प्रजा र देवताहरूलाई सुनाउन मानिसहरू पठाए। 10तिनीहरूले एउटा मन्‍दिरमा उनका हतियार राखे र उनको टाउको दागोन देवताको मन्‍दिरमा झुन्‍ड्‌याइदिए। 11पलिश्‍तीहरूले शाऊललाई जे गरेका थिए, त्‍यो कुरा याबेश गिलादमा बास गर्ने मानिसहरूले सुने र 12सबै साहसी वीरहरू गएर शाऊल र उनका छोराहरूका लाश ल्‍याए र याबेशमा पुर्‍याए। तिनीहरूले ती लाश त्‍यहाँ एउटा फलाँटको रूखमुनि गाडे र सात दिनसम्‍म उपवास बसे।
13-14 # १ शमूएल 13:8-14; 15:1-24; लेवी 19:31; 20:6; १ शमूएल 28:7,8 शाऊल मरे किनभने तिनी परमप्रभुप्रति विश्‍वासयोग्‍य भएका थिएनन्‌। तिनले परमप्रभुका आज्ञा मानेनन् र परमप्रभुको सट्टा भूत-प्रेत खेलाउनेहरूसित सल्‍लाह लिएर अगुवाइ खोज्‍ने चेष्‍टा गरे। यसकारण परमप्रभुले उनलाई मार्नुभयो र उनको राज्‍यको शासन यिशैका छोरा दाऊदलाई दिनुभयो।

अहिले सेलेक्ट गरिएको:

१ इतिहास 10: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्