शाऊल मरे किनभने तिनी परमप्रभुप्रति विश्वासयोग्य भएका थिएनन्। तिनले परमप्रभुका आज्ञा मानेनन् र परमप्रभुको सट्टा भूत-प्रेत खेलाउनेहरूसित सल्लाह लिएर अगुवाइ खोज्ने चेष्टा गरे। यसकारण परमप्रभुले उनलाई मार्नुभयो र उनको राज्यको शासन यिशैका छोरा दाऊदलाई दिनुभयो।