YouVersion लोगो
खोज आइकन

तीतस 3:1-8

तीतस 3:1-8 NNRV

शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन्‌ र सबै मानिससँग भद्रताको व्‍यवहार गरून्‌। किनभने हामी पनि एक पल्‍ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं। तर जब परमेश्‍वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं। यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्‌।