YouVersion लोगो
खोज आइकन

रूथ 3:7-11

रूथ 3:7-11 NNRV

जब बोअजले खानपान गरिसके तब तिनको मन खुशी भयो, र अन्‍न थुपारेको एकातिर सुत्‍नलाई गए। तब रूथ चूपचापसित आइन्, र बोअजको खुट्टामा भएको ओढ्‌ने उठाएर ढल्‍किन्‌। आधारातमा केही कुराले ती मानिसको निद्रा भङ्ग भयो, र एउटी स्‍त्रीलाई आफ्‍ना खुट्टामा ढल्‍किरहेकी तिनले देखे। तिनले सोधे, “तिमी को हौ?” रूथले भनिन्, “म तपाईंकी दासी रूथ हुँ। अब तपाईंको लुगा आफ्‍नी दासीलाई ओढ़ाइदिनुहोस्, किनभने तपाईं मेरा नजिकका छुटकारा दिने नातेदार हुनुहुन्‍छ।” तिनले भने, “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष्‌ देऊन्। तिमीले देखाएको यो आखिरी भक्ति पहिलाको भन्‍दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ। अनि अब हे मेरी छोरी, ढुक्‍क भएर बस। तिमी जे चाहन्‍छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान्‌ छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।