रूथ 3:7-11
रूथ 3:7-11 NCV
जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्न थुपारेको पल्लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्। मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्! तब उनले “तिमी को हौ?” भनी सोधे। तिनले भनिन्, “म तपाईंकी सेविका रूथ हुँ। तपाईंको लुगाको एक कुना मलाई पनि ओढाइदिनोस्; किनकि तपाईं हाम्रो परिवारको नजिकका मोल तिरेर छुटाउने नातेदार हुनुहुन्छ।” उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब। अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।

