त्यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।” तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्माउन सक्छु र? फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि तिनीहरू बढुञ्जेल तिमीहरू पर्खन्छौ र? के तिमीहरू विवाह नगरी बस्छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्था तिमीहरूको भन्दा खोटो छ।” तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्यसपछि ओर्पाले आफ्नी सासूलाई चुम्बन गरेर आफ्ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्। तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।” रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु, र त्यहीँ नै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्यवहार गरून्।” रूथले आफूसँग जाने दृढ़ सङ्कल्प गरेकी देखेर नाओमीले अरू केही भनिनन्। अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्मै सहरमा हलचल मच्चियो। आइमाईहरूले भन्न लागे, “के यिनी नाओमी नै हुन्?”
रूथ 1 पढ्नुहोस्
सुन्नुहोस् रूथ 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 1:10-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू