जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो। अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो। धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो। तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो।
प्रकाश 8 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 8:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू