YouVersion लोगो
खोज आइकन

प्रकाश 5:9-13

प्रकाश 5:9-13 NNRV

तिनीहरूले यसो भन्‍दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्‍यसका मोहोरहरू तोड्‌ने योग्‍यका हुनुहुन्‍छ, तपाईं मारिनुभयो र आफ्‍नो रगतद्वारा तपाईंले परमेश्‍वरको निम्‍ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्‍य र हाम्रा परमेश्‍वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्‍वीमा राज्‍य गर्नेछन्‌।” तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो। तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।” अनि स्‍वर्गमा, पृथ्‍वीमा, पृथ्‍वीमुनि, समुद्र र त्‍यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्वदा होस्‌।”