YouVersion लोगो
खोज आइकन

प्रकाश 5:9-13

प्रकाश 5:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरूले यसो भन्‍दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्‍यसका मोहोरहरू तोड्‌ने योग्‍यका हुनुहुन्‍छ, तपाईं मारिनुभयो र आफ्‍नो रगतद्वारा तपाईंले परमेश्‍वरको निम्‍ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्‍य र हाम्रा परमेश्‍वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्‍वीमा राज्‍य गर्नेछन्‌।” तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो। तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।” अनि स्‍वर्गमा, पृथ्‍वीमा, पृथ्‍वीमुनि, समुद्र र त्‍यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्वदा होस्‌।”

शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्

प्रकाश 5:9-13 नेपाली समकालीन संस्करण (NCV)

अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ, किनकि तपाईं काटिनुभएको थियो, अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट अनि जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो। तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई एक राज्य र पूजाहारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि मैले असंख्य स्वर्गदूतहरूका स्वर सुनें; अनि तिनीहरूका संख्या लाखौं र करोडौं थियो। अनि चर्को सोरमा तिनीहरूले यो गीत गाए: “काटिनुभएको थुमा, शक्‍ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!” तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि अनि समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनें: “सिंहासनमा विराजमान हुनुहुनेलाई, र थुमालाई प्रशंसा, आदर, महिमा र शक्‍ति, सदा-सर्वदा भइरहोस्!”

शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्

प्रकाश 5:9-13 पवित्र बाइबल (NERV)

अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए: “तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ, अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ। यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ। अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।” तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने: “त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम, उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।” तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें

शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्

प्रकाश 5:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्‍न तपाईं मात्र योग्‍य हुनुहुन्‍छ किनभने तपाईं मारिनुभयो र आफ्‍नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्‍वरको लागि मानिसहरूलाई किन्‍नुभयो। त्यसबाट हाम्रा परमेश्‍वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्‍य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।” फेरि मैले हेरें र करोडौं स्‍वर्गदूतहरू गाइरहेका सुनें। उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्‍यको हुनुहुन्‍छ!” स्‍वर्ग, पृथ्‍वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्‍मान् र अधिकार भइरहोस्!”

शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्