YouVersion लोगो
खोज आइकन

प्रकाश 3

3
सार्डिसको मण्‍डली
1 अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख:
यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ। 2जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ। 3यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। #मत्ती २४:४३-४४; लूक १२:३९-४०; प्रका १६:१५ 4तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌। 5जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु। #प्रस ३२:३२-३३; भज ६९:२८; प्रका २०:१२; मत्ती १०:३२; लूक १२:८ 6जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।
फिलाडेल्‍फियाको मण्‍डली
7 अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख:
यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन। #यशै २२:२२; अयू १२:१४ 8मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ। 9हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्‍ने तिनीहरूलाई बुझाइदिनेछु। #यशै ४९:२३; ६०:१४; ४३:४ 10तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। 11म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन। 12जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु। #प्रका २१:२; यशै ६२:२; ६५:१५ 13जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।
लाउडिकियाको मण्‍डली
14 अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख:
यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ। #हितो ८:२२ 15मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो। 16किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। 17“म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ। 18यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु। 19जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर। #हितो ३:१२; हिब १२:६ 20हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ। 21जसले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। 22जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

प्रकाश 3: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्