1
प्रकाश 3:20
नेपाली नयाँ संशोधित संस्करण
हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 3:20
2
प्रकाश 3:15-16
मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो। किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।
अन्वेषण गर्नुहोस् प्रकाश 3:15-16
3
प्रकाश 3:19
जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर।
अन्वेषण गर्नुहोस् प्रकाश 3:19
4
प्रकाश 3:8
मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:8
5
प्रकाश 3:21
जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।
अन्वेषण गर्नुहोस् प्रकाश 3:21
6
प्रकाश 3:17
“म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:17
7
प्रकाश 3:10
तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:10
8
प्रकाश 3:11
म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।
अन्वेषण गर्नुहोस् प्रकाश 3:11
9
प्रकाश 3:2
जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेट्टाएको छैनँ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू