भजनसंग्रह 95:3-7

भजनसंग्रह 95:3-7 NNRV

किनकि परमप्रभु महान्‌ परमेश्‍वर हुनुहुन्‍छ, सारा देवहरूमाथिका महाराजा। उहाँको बाहुलीमा पृथ्‍वीका गहिरा-गहिरा स्‍थानहरू छन्‌, र पहाड़का शिखरहरू उहाँकै हुन्‌। समुद्र उहाँको हो, उहाँले नै त्‍यसलाई बनाउनुभएको हो, र सुक्‍खा भूमि उहाँले नै रच्‍नुभएको हो। आओ, दण्‍डवत्‌ गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍वरकै सामु घुँड़ा टेकौं, किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने