YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 94:18-22

भजनसंग्रह 94:18-22 NNRV

“मेरो खुट्टा चिप्‍लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्‍यो, हे परमप्रभु। जब मेरो मनमा ज्‍यादा फिक्री भयो, तपाईंको सान्‍त्‍वनाले मेरो प्राणलाई आनन्‍दित तुल्‍यायो। के दुष्‍ट शासकहरू तपाईंसँग मिल्‍न सक्‍छन्‌, जसले आफ्‍ना ऐनद्वारा विपद्‌ ल्‍याउँछन्‌? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्‍धन गर्छन्‌, र निर्दोषलाई मृत्‍युदण्‍ड दिन्‍छन्‌। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्‍वर मेरो शरणस्‍थानको चट्टान हुनुभएको छ।