भजनसंग्रह 94:18-22
भजनसंग्रह 94:18-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ” तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो। जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो। के भ्रष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्, र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्। तर याहवेह मेरो किल्ला हुनुभएको छ, र परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।
भजनसंग्रह 94:18-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरो खुट्टा चिप्लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्यो, हे परमप्रभु। जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो। के दुष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना ऐनद्वारा विपद् ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्धन गर्छन्, र निर्दोषलाई मृत्युदण्ड दिन्छन्। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ।

भजनसंग्रह 94:18-22 पवित्र बाइबल (NERV)
म जान्दछु कि म पतन हुन लागेको थिएँ, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो। म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो! परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि, कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्। त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्। तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्। तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
भजनसंग्रह 94:18-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनें, “म ढल्दै छु,” तर हे परमप्रभु! तपाईंको अटुट प्रेमले मलाई थामिराख्यो। जहिले-जहिले चिन्ता-फिक्री मलाई आइपर्दछ, तपाईंले मलाई सान्त्वना दिनुहुन्छ र खुसी बनाउनुहुन्छ। भ्रष्ट न्यायकर्ताहरू, जसले अन्यायलाई न्याय बनाउँदछन्, जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन् र निर्दोषीलाई प्राण दण्ड दिँदछन्, तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन। तर परमप्रभुले मलाई बचाउनुहुन्छ, मेरा परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।