YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 86:15-17

भजनसंग्रह 86:15-17 NNRV

तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्‍वर हुनुहुन्‍छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ। मतिर फर्कनुहोस्‌, र ममाथि दया गर्नुहोस्‌, आफ्‍नो दासलाई तपाईंको शक्ति दिनुहोस्‌, र आफ्‍नी दासीको छोरालाई बचाउनुहोस्‌। तपाईंका उदारताको एउटा चिन्‍ह मलाई दिनुहोस्‌, र मलाई घृणा गर्नेहरू त्‍यो देखेर शर्ममा परून्‌, किनकि हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्‍त्‍वना दिनुभएको छ।