भजनसंग्रह 86:15-17
भजनसंग्रह 86:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। मतिर फर्कनुहोस्, र ममाथि दया गर्नुहोस्, आफ्नो दासलाई तपाईंको शक्ति दिनुहोस्, र आफ्नी दासीको छोरालाई बचाउनुहोस्। तपाईंका उदारताको एउटा चिन्ह मलाई दिनुहोस्, र मलाई घृणा गर्नेहरू त्यो देखेर शर्ममा परून्, किनकि हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्त्वना दिनुभएको छ।

भजनसंग्रह 86:15-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ; रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्; आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्, र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्! किनकि म तपाईंको सेवा गर्दछु। तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्; र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्; किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।
भजनसंग्रह 86:15-17 पवित्र बाइबल (NERV)
हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ। परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्। म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्। म तपाईंको दास हुँ, मलाई बचाउनु होस्! परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्। मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्। त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
भजनसंग्रह 86:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर हे प्रभु, तपाईं दयामाया र प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ, तपाईं सदासर्वदा धीरजी, दयालु र विश्वासयोग्य हुनुहुन्छ। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्, मलाई बल दिनुहोस् र बचाउनुहोस् किनभने मेरी आमाजस्तै म तपाईंको सेवा गर्दै छु। परमप्रभु, मलाई तपाईंको भलाइको प्रमाण दिनुहोस्। तपाईंले मलाई दिनुभएको सान्त्वना र मद्दत देखेर मलाई घृणा गर्नेहरू लाजमा पर्नेछन्।