YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:9-16

भजनसंग्रह 78:9-16 NNRV

एफ्राइमका मानिसहरू धनुले सुसज्‍जित थिए, तर लड़ाइँको दिनमा तिनीहरूले पिठिउँ फर्काए। तिनीहरूले परमेश्‍वरको करार पालन गरेनन्‌, र उहाँको व्‍यवस्‍थामा चल्‍न इन्‍कार गरे। तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्‍चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो। तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्‍ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्‍म-अचम्‍मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्‍याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो, दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्‍निको प्रकाशले अगुवाइ गर्नुभयो। उहाँले उजाड-स्‍थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्‍त पानी पिउन दिनुभयो। उहाँले चट्टानबाट पानीको धारा निकाल्‍नुभयो, र पानी नदीझैँ बगाउनुभयो।