YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:9-16

भजनसंग्रह 78:9-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे; तिनीहरूले परमेश्‍वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे। परमेश्‍वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्‌भुत कार्यहरू, तिनीहरूले बिर्से। उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्‍याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो। उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो। उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो; उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:9-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एफ्राइमका मानिसहरू धनुले सुसज्‍जित थिए, तर लड़ाइँको दिनमा तिनीहरूले पिठिउँ फर्काए। तिनीहरूले परमेश्‍वरको करार पालन गरेनन्‌, र उहाँको व्‍यवस्‍थामा चल्‍न इन्‍कार गरे। तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्‍चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो। तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्‍ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्‍म-अचम्‍मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्‍याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो, दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्‍निको प्रकाशले अगुवाइ गर्नुभयो। उहाँले उजाड-स्‍थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्‍त पानी पिउन दिनुभयो। उहाँले चट्टानबाट पानीको धारा निकाल्‍नुभयो, र पानी नदीझैँ बगाउनुभयो।

भजनसंग्रह 78:9-16 पवित्र बाइबल (NERV)

एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए, तर तिनीहरू युद्धभूमिबाट भागे। तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे। एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से। परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा, आफ्ना महान् शक्तिहरू देखाउनु भयो। परमेश्वरले लाल समुद्रलाई चिर्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो। प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो। परमेश्वरले चट्टानलाई मरुभूमिमा फोर्नु भयो। जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो। परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह चट्टानबाट ल्याउनु भयो!

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:9-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

धनु-काँड लिएका एफ्राइमीहरू लडाइँका दिनमा भागे। तिनीहरूले परमेश्‍वरसँग बाँधेका आफ्‍ना करार राखेनन् र उहाँका नियमहरू पालन गर्न अस्‍वीकार गरे। उहाँले गर्नुभएको काम र आफूले देखेका उहाँका आश्‍चर्यकर्महरू तिनीहरूले भुले। तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै परमेश्‍वरले मिश्रदेशको सोअनको मैदानमा आश्‍चर्यकर्महरू गर्नुभयो। उहाँले समुद्र फटाउनुभयो र त्‍यसको बीच भएर तिनीहरूलाई डोर्‍याउनुभयो। पानीलाई पर्खालजस्‍तो भएर खडा रहन लगाउनुभयो। दिउँसो बादलले र राती आगोको उज्‍यालोले तिनीहरूलाई बाटो देखाउनुभयो। उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर त्‍यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो। उहाँले चट्टानदेखि एउटा खोला फुटाई निकाल्‍नुभयो र नदीझैँ पानी बहाउनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्