YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:9-13

भजनसंग्रह 77:9-13 NNRV

के परमेश्‍वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्‍नो कृपा-दृष्‍टि बन्‍द गर्नुभएको छ? अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्‍चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्‍मरण गर्नेछु, निश्‍चय नै तादिका तपाईंका आश्‍चर्यकर्महरू म सम्‍झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्‍तन गर्नेछु। हे परमेश्‍वर, तपाईंका मार्ग पवित्र छन्‌, हाम्रा परमेश्‍वरझैँ महान्‌ देव अरू को छ?