सर्वशक्तिमान् परमेश्वर, परमप्रभु बोल्नुहुन्छ, र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीलाई बोलाउनुहुन्छ। सौन्दर्यमा सिद्ध सियोनबाट परमेश्वर प्रकाशमान् हुनुभएको छ। हाम्रा परमेश्वर आउनुहुन्छ, र मौन बस्नुहुनेछैन। उहाँको अगि एक भस्म गर्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेहरी छ। आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ: “ममा समर्पित हुने, अनि बलि चढ़ाएर मसँग करार बाँध्ने मेरा भक्तजनहरूलाई मकहाँ भेला गर।” अनि स्वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्वर स्वयम् न्यायाधीश हुनुहुन्छ। सेला “हे मेरो प्रजा, सुन्, र म तँसँग बोल्नेछु, हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु। म परमेश्वर हुँ, तेरा परमेश्वर। तेरा बलिदानहरूका लागि म तँलाई दोष दिन्नँ, वा तेरा होमबलिहरूका लागि, जो निरन्तर मेरो सामुन्ने छन्। तेरो गोठको साँढ़े, अथवा तेरा गोठहरूबाट बोकाको मलाई आवश्यकता छैन। किनकि जङ्गलको हरेक बस्तु र हजारौँ डाँड़ाहरूका गाईबस्तु मेरै हुन्। पर्वतहरूको प्रत्येक पक्षीलाई म चिन्छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्। म भोकै भए तापनि तँलाई भन्नेथिइनँ, किनकि पृथ्वी र त्यसमा भएका यावत् थोक मेरै हुन्। के म साँढ़ेहरूको मासु खान्छु अथवा बाख्राहरूको रगत पिउँछु? परमेश्वरलाई धन्यवाद बलि चढ़ा, र सर्वोच्चलाई दिएको भाकल पूरा गर्। र सङ्कष्टको दिनमा मलाई पुकार्, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।”
भजनसंग्रह 50 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 50:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू