YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 44:3-8

भजनसंग्रह 44:3-8 NNRV

उनीहरूले तरवारको बलले देश जितेका होइनन्‌, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्‌। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो। तपाईं मेरा राजा र परमेश्‍वर हुनुहुन्‍छ, जसले याकूबलाई विजय प्रदान गर्नुहुन्‍छ। तपाईंद्वारै हामी आफ्‍ना विरोधीहरूलाई पछाडि धपाउँछौं। हाम्रा विरुद्धमा उठ्‌नेहरूलाई हामी तपाईंकै नाउँले कुल्‍चदँछौं। आफ्‍नो धनुमा म भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय दिँदैन। तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, र हाम्रा विरोधीहरूलाई शर्ममा पार्नुहुन्‍छ। परमेश्‍वरमा नै हामी निरन्‍तर गर्व गर्छौं र सदा तपाईंकै नाउँको प्रशंसा गर्नेछौं। सेला