YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42:4-5

भजनसंग्रह 42:4-5 NNRV

मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ: म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष र धन्‍यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें। हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।