YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 4:1-8

भजनसंग्रह 4:1-8 NNRV

हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌! सङ्कष्‍टमा पर्दा मलाई आश्रय दिनुहोस्‌। ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌। हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ? सेला तिमीहरूलाई थाहा होस्‌, परमप्रभुले भक्तजनहरूलाई आफ्‍नो निम्‍ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्‍नुहुन्‍छ। रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो। सेला उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख। धेरैले सोध्‍दैछन्‌, “हामीलाई कसले केही असल कुरा देखाउन सक्‍छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्‍योति हामीमाथि प्रकाशित गर्नुहोस्‌! तिनीहरूका अन्‍न र नयाँ दाखमद्यको प्रशस्‍ततामा हुने आनन्‍दभन्‍दा बढ़ी आनन्‍दले तपाईंले मेरो हृदय भर्नुभएको छ। शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।