YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 17:13-15

भजनसंग्रह 17:13-15 NNRV

हे परमप्रभु, उठ्‌नुहोस्‌, तिनीहरूको सामना गर्नुहोस्‌, तिनीहरूलाई पराजित गरिदिनुहोस्‌। आफ्‍नो तरवारद्वारा मेरो प्राणलाई दुष्‍टहरूबाट छुटाउनुहोस्‌। हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्‍ता मानिसहरूबाट मलाई बचाउनुहोस्‌, यी संसारका मानिसहरूबाट जसको पुरस्‍कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्‍त गर्नुहुन्‍छ। तिनीहरूका छोराहरूका लागि प्रशस्‍त छन्‌, आफ्‍ना बालबच्‍चाका लागि तिनीहरूले धन-सम्‍पत्ति थुपारेर राख्‍छन्‌। अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्‍तुष्‍ट हुनेछु।