YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:1-6

भजनसंग्रह 139:1-6 NNRV

हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्‍छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्‍छ, टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्‍छ। तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्‍पष्‍टसँग जान्‍नुहुन्‍छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्‍छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्‍यो सम्‍पूर्ण रूपले जान्‍नुहुन्‍छ। तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्‍नो बाहुली ममाथि राख्‍नुभएको छ। यस्‍तो ज्ञान मेरो निम्‍ति साह्रै आश्‍चर्यपूर्ण छ, यो प्राप्‍त गर्न मेरो निम्‍ति अति गाह्रो छ।