शासकहरूले अकारण मलाई सताउँछन्, तर मेरो हृदयले तपाईंका वचनको भय मान्दछ। जसरी लूटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्छु। झूटलाई म घृणा गर्छु, र तुच्छ ठान्छु, तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूका निम्ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन। हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्यन्तै प्रेम गर्दछु। म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्ट छन्। हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्। मेरो नम्र-निवेदन तपाईंको सामुन्ने पुगोस्। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्। मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्, किनकि तपाईंले आफ्ना विधिहरू मलाई सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्। तपाईंको बाहुली मलाई मदत गर्न तत्पर रहोस्, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु। हे परमप्रभु, म तपाईंका उद्धारको तृष्णा राख्छु, र तपाईंको व्यवस्था मेरो खुशीयाली हो। म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेड़ाजस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस्, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:161-176
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू