भजनसंग्रह 119:161-176
भजनसंग्रह 119:161-176 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शासकहरूले अकारण मलाई सताउँछन्, तर मेरो हृदयले तपाईंका वचनको भय मान्दछ। जसरी लूटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्छु। झूटलाई म घृणा गर्छु, र तुच्छ ठान्छु, तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूका निम्ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन। हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्यन्तै प्रेम गर्दछु। म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्ट छन्। हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्। मेरो नम्र-निवेदन तपाईंको सामुन्ने पुगोस्। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्। मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्, किनकि तपाईंले आफ्ना विधिहरू मलाई सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्। तपाईंको बाहुली मलाई मदत गर्न तत्पर रहोस्, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु। हे परमप्रभु, म तपाईंका उद्धारको तृष्णा राख्छु, र तपाईंको व्यवस्था मेरो खुशीयाली हो। म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेड़ाजस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस्, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
भजनसंग्रह 119:161-176 पवित्र बाइबल (NERV)
प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु। परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो। म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु। तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु। दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु। किनकि तपाईँका नियमहरू असलछन्। मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्, तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन। हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें। मैले तपाईंको करार-वचनलाई अनुशरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु। मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ। हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्। परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्। म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो। तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्। मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्। हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्। मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्। म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।

भजनसंग्रह 119:161-176 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ। जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु। म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सात पटक तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्याउँदैन। हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु। तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्नुहुन्छ। हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्! मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्! मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्। तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु। हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ। म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
भजनसंग्रह 119:161-176 पवित्र बाइबल (NERV)
प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु। परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो। म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु। तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु। दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु। किनकि तपाईँका नियमहरू असलछन्। मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्, तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन। हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें। मैले तपाईंको करार-वचनलाई अनुशरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु। मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ। हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्। परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्। म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो। तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्। मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्। हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्। मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्। म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।
भजनसंग्रह 119:161-176 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शक्तिशाली मानिसहरूले अन्यायसाथ मलाई आक्रमण गर्छन्, तर म तपाईंको व्यवस्थालाई आदर गर्दछु। तपाईंका प्रतिज्ञाहरूले गर्दा म कति खुसी छु, धेरै धन पाउने मानिसजस्तै म अत्यन्त खुसी छु। सबै झूटा कुराहरू म रुचाउँदिनँ र घृणा गर्दछु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्दछु। तपाईंका धार्मिक न्यायका लागि दिनमा सात चोटि म तपाईंलाई धन्यवाद दिँदछु। तपाईंको व्यवस्था मान्नेहरूले पूरा सुरक्षा पाउँछन् र केही कुराले तिनीहरूलाई लडाउनेछैन। हे परमप्रभु! म तपाईंद्वारा बाचूँ भनी पर्खिरहेछु र म तपाईंको आज्ञाअनुसार गर्दछु। म तपाईंका शिक्षाहरू मान्दछु, म तिनलाई सारा हृदयले प्रेम गर्दछु। म तपाईंका आज्ञाहरू र अर्तीहरू पालन गर्दछु, मैले गरेको हरेक कुरा तपाईंले देख्नुहुन्छ। हे परमप्रभु! सहायताको लागि मेरो पुकार तपाईंकहाँ पुगोस्! आफ्नो प्रतिज्ञाअनुसार मलाई समझशक्ति दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। म सधैँभरि तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मलाई आफ्ना व्यवस्थाहरू सिकाउनुहुन्छ। म तपाईंको व्यवस्थाबारे गाउनेछु किनभने तपाईंका आज्ञाहरू धार्मिक छन्। मेरो सहायता गर्न सदा तयार रहनुहोस् किनभने म तपाईंका आज्ञाहरू मान्दछु। हे परमप्रभु, तपाईंले मलाई बचाउने सहायताको निम्ति म कति इच्छा गर्दछु! म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु। मलाई जीवन दिनुहोस् र मैले तपाईंलाई प्रशंसा दिन सकूँ, तपाईंका अर्तीहरूद्वारा म सहायता पाऊँ। हराएको भेडाझैँ म डुलिहिँड्दछु, यसर्थ आउनुहोस् र म तपाईंको दासलाई खोज्नुहोस् किनभने मैले तपाईंका व्यवस्थाहरू बिर्सेको छैनँ।