भजनसंग्रह 116
116
मृत्युबाट बाँचेको मानिसको प्रशंसा
1परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्नुभयो, करुणाको निम्ति मेरो पुकार सुन्नुभयो।
2उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु।
3मृत्युको बन्धनले मलाई अलमलाइदियो,
र चिहानको वेदना ममाथि आइपर्यो। दु:ख र शोकले मलाई छोप्यो।
4तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्।”
5परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ।
6परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
7फेरि एक पल्ट हे मेरो प्राण, तँ फेरि शान्त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।
8किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट,
र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनुभएको छ,
9कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँड्डुल गर्न सकूँ।
10मैले विश्वास गरें, त्यसकारण मैले भनें,#२ इति ४:१३ “म साह्रै कष्टित भएको छु।”
11अनि मैले आफ्नो व्याकुलतामा भनें, “सबै मानिस झूटा हुन्।”
12परमप्रभुले मेरो निम्ति जति उपकार गर्नुभयो, त्यसको साटो म उहाँलाई के चढ़ाऊँ?
13उद्धारको कचौरा उच्च उठाएर परमप्रभुका नाउँको म पुकार गर्नेछु।
14परमप्रभुका सारा प्रजाहरूका सम्मुख उहाँप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु।
15परमप्रभुका पवित्रजनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ।
16हे परमप्रभु, साँच्चै म तपाईंको दास हुँ। म तपाईंकी कमारीको छोरो, तपाईंको दास हुँ। तपाईंले मेरो बन्धनबाट मलाई मुक्त गरिदिनुभएको छ।
17म तपाईंको निम्ति धन्यवाद बलि चढ़ाउनेछु,
र परमप्रभुका नाउँको पुकार गर्नेछु।
18परमप्रभुका सारा प्रजाहरूका सम्मुख प्रभुप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु,
19परमप्रभुको मन्दिरका आँगनहरूमा— हे यरूशलेम, तेरो बीचमा यी पूरा गर्नेछु। परमप्रभुको प्रशंसा गर।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 116: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012