YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:1-11

हितोपदेश 8:1-11 NNRV

के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र? बाटोका उच्‍च ठाउँहरूमा, चौबाटोमा त्‍यो खड़ा हुन्‍छ, सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्‍यो चर्को स्‍वरले यसरी कराउँछ: “हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु। हे निर्बुद्धि हो, बुद्धि प्राप्‍त गर। हे मूर्ख हो, समझशक्ति प्राप्‍त गर। सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्‍न म मेरो मुख खोल्‍छु। मेरो मुखले साँचो कुरा बोल्‍दछ, किनभने मेरा ओठले दुष्‍टता घृणा गर्छन्‌। मेरो मुखका सबै वचनहरू न्‍यायपूर्ण छन्, तिनीहरूमध्‍ये कुनै पनि बाङ्गोटिङ्गो छैन। विवेकशील व्‍यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्‍ति ती खोटरहित छन्‌। चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्‍दा त बरु ज्ञान नै खोज, किनभने बुद्धि मानिकभन्‍दा बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।