YouVersion लोगो
खोज आइकन

हितोपदेश 29:15-27

हितोपदेश 29:15-27 NNRV

सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्‍नी आमाको बेइज्‍जत गर्छ। जब दुष्‍ट फस्‍टाउन थाल्‍छ, पाप पनि फस्‍टिँदैजान्‍छ। तर धर्मीले तिनीहरूको पतन देख्‍नेछ। आफ्‍नो छोरालाई ताड़ना दे, र त्‍यसले तँलाई शान्‍ति दिन्‍छ। त्‍यसले तेरो प्राणमा अति आनन्‍द ल्‍याउनेछ। जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌। तर त्‍यो मानिस धन्‍य हो, जसले व्‍यवस्‍था पालन गर्छ। कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्‍यसले बुझे तापनि जवाफ दिँदैन। हतारिएर बोल्‍ने मानिस तँ देख्‍छस्‌? त्‍यसको भन्‍दा त एउटा मूर्खको निम्‍ति धेरै आशा हुन्‍छ। मानिसले आफ्‍नो नोकरलाई बाल्‍यकालदेखि नै पुलपुल्‍यायो भने, आखिरमा त्‍यसले दिक्‍दारी पार्नेछ। दुष्‍ट मानिसले कलह मच्‍चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ। मानिसको घमण्‍डले त्‍यसलाई नीचो पार्छ, तर नम्र आत्‍मा भएको मानिसले सम्‍मान पाउँछ। चोरको मतियार हुने त्‍यसको परमशत्रु हुन्‍छ, त्‍यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्‍यसको आँट हुँदैन। मान्‍छेको डर एउटा पासोजस्‍तै हो, तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ। धेरैले शासकसँग भेटघाट गर्न खोज्‍दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्‍याय मिल्‍छ। धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्‍टले ईमानदारलाई घृणा गर्छ।