हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने, यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्, र गाड़धनझैँ त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
हितोपदेश 2 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 2:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू