अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यहाँ उभिएकाहरूमध्ये कोही-कोही छन्, जसले परमेश्वरको राज्य शक्तिमा आएको नदेखुञ्जेल कुनै किसिमले मृत्यु चाख्नेछैनन्। त्यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई उहाँको साथ लिई एउटा उच्च पहाड़मा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो, अनि तिनीहरूका सामुन्ने उहाँको रूप बद्लियो। अनि उहाँका वस्त्र उज्ज्वल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। त्यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए। पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्। अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्क्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।” अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्। उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्थान नहोउञ्जेल तिनीहरूले जे देखेका थिए त्यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो। तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे। अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्छन्?” येशूले भन्नुभयो, “निश्चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्थापना गर्छन्। तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखिएको छ त? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्यो तिनीहरूले त्यसै गरे।”
मर्कूस 9 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू