चेलाहरूलाई डुङ्गा ख्याउन कष्ट भइरहेको उहाँले देख्नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए। किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।” अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्नुभयो, र बतास थामिहाल्यो। अनि तिनीहरू अत्यन्त अचम्मित भए
मर्कूस 6 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:48-51
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू