उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खान बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्यो शीशी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई। तर कोही-कोहीले रीस गरेर आपसमा भन्न लागे, “यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको? किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे। तर येशूले भन्नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे। किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन्, र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ। यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे। साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”
मर्कूस 14 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 14:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू