YouVersion लोगो
खोज आइकन

मर्कूस 12:28-31

मर्कूस 12:28-31 NNRV

शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ। तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’ दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”