YouVersion लोगो
खोज आइकन

मत्ती 3:1-9

मत्ती 3:1-9 NNRV

त्‍यही समय बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्‍थानमा आए, र यसो भन्‍दै प्रचार गर्न लागे, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आएको छ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” यूहन्‍नाले ऊँटका रौँको वस्‍त्र लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे। तिनको खानेकुरा सलह र वन-मह थियो। यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए, र आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे। तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो? यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ। अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।