तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो।
मत्ती 26 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:26-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू