YouVersion लोगो
खोज आइकन

मत्ती 26:26-30

मत्ती 26:26-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ। तर म तिमीहरूलाई भन्‍दछु, कि दाखको यस फलबाट म तबसम्‍म पिउनेछैनँ, जबसम्‍म आफ्‍ना पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्‍केर जानुभयो।

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:26-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।” एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:26-30 पवित्र बाइबल (NERV)

खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।” त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।” तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतून डाँडामा” गाए।

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:26-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्‍नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।” त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो तिमीहरू सबैले पिउनू। यो नयाँ करार जोड्‍ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्‍नलाई बगाइनेछ। म तिमीहरूलाई भन्‍छु, मेरो पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्‍जेलसम्‍म म फेरि यो दाखमद्य पिउनेछैन।” अनि एउटा भजन गाउनुभएपछि येशू चेलाहरूसँग जैतुन डाँडातिर लाग्‍नुभयो।

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्