मत्ती 11:2-6

मत्ती 11:2-6 NNRV

यूहन्‍नाले ख्रीष्‍टका कामहरूको चर्चा झ्‍यालखानमा सुने, र आफ्‍ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्‍न पठाए, “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्‍छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्‍नालाई भनिदेओ, अन्‍धाहरूले दृष्‍टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्‌दछन्‌। कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्‌। बहिराहरू सुन्‍न सक्‍ने भएका छन्‌। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। धन्‍य हो त्‍यो, जसले मबाट बाधा पाउँदैन।”