YouVersion लोगो
खोज आइकन

लूका 5:12-16

लूका 5:12-16 NNRV

जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो, तब कुष्‍ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्‍टो परी बिन्‍ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले हात पसारेर “म इच्‍छा गर्दछु, तिमी निको होइजाऊ” भन्‍दै त्‍यसलाई छुनुभयो, र तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हटिहाल्‍यो। उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढ़ाऊ।” तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्‍न र आफ्‍ना-आफ्‍ना रोगहरूबाट निको हुन जम्‍मा हुन्‍थे। तर येशूचाहिँ निर्जन स्‍थानहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।