उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।” तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरू यही सहरमा बसिरहो।” त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्दसाथ यरूशलेम फर्के। अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।
लूका 24 पढ्नुहोस्
सुन्नुहोस् लूका 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:44-53
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू