YouVersion लोगो
खोज आइकन

लूका 15:25-32

लूका 15:25-32 NNRV

“त्‍यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्‍यो घरको नजिक आइपुग्‍दा त्‍यसले नाचगानको आवाज सुन्‍यो। त्‍यसले चाकरहरूमध्‍ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्‍यो। उसले त्‍यसलाई भन्‍यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्‍वस्‍थ फर्किआएका भेट्टाउनुभयो।’ “तर त्‍यो रिसायो, र भित्र जान मानेन, र त्‍यसको बाबुले बाहिर गएर त्‍यसलाई मनाउन लागे। तर त्‍यसले बाबुलाई भन्‍यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्‍यै उल्‍लङ्घन गरिनँ, तापनि मैले आफ्‍ना साथीहरूसँग आनन्‍द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्‍यै दिनुभएन। तर तपाईंको सम्‍पत्ति वेश्‍याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्‍यसको निम्‍ति मार्नुभयो।’ “तब तिनले त्‍यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्‍पत्ति तेरै हो। तर हामीले आनन्‍द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”