YouVersion लोगो
खोज आइकन

लूका 15:20-24

लूका 15:20-24 NNRV

तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे। “छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’ “तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ, र पुस्‍टाइराखेको पशु मार, र हामी खाएर आनन्‍द मनाऔं। किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।