त्यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ। तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्यु हुनै सक्दैन। “यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्! जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तँ मानिनस्।
लूका 13 पढ्नुहोस्
सुन्नुहोस् लूका 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 13:31-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू