YouVersion लोगो
खोज आइकन

लूका 13:31-34

लूका 13:31-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्‍केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्‍छन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ। तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्‍यु हुनै सक्‍दैन। “यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्‌! जसरी पोथीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै कति पल्‍ट मैले तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तँ मानिनस्‌।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:31-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’ जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अगि बढ्नै पर्छ; किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन! “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:31-34 पवित्र बाइबल (NERV)

त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।” येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’ तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ। “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:31-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यति नै खेर केही फरिसीहरूले येशूकहाँ आएर भने, “तपाईं यहाँबाट निस्‍केर अन्‍त कतै गइहाल्‍नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न खोज्‍दै छन्।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्‍ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्‍नेछु।’ तर आज, भोलि र पर्सि म मेरो बाटोमा अघि बढ्‍नैपर्छ किनभने यरूशलेमबाहेक अरू ठाउँमा अगमवक्ता मारिंदैनन्! “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्‍वरका दूतहरूलाई ढुङ्गाले हान्‍छस्। कुखुरीले चल्‍लालाई छोपेजस्‍तै मैले कतिपल्‍ट तेरा छोरा-छोरीहरूलाई बटुल्‍न खोजें, तर तैँले चाहिँ मानिनस्।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्