YouVersion लोगो
खोज आइकन

लूका 12:22-32

लूका 12:22-32 NNRV

उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो प्राणको निम्‍ति के खाऔं र शरीरको निम्‍ति के पहिरौं भनी चिन्‍तित नहोओ। किनकि प्राण भोजनभन्‍दा र शरीर वस्‍त्रभन्‍दा ठूलो हो। कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ! तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ? यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ? “लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन्‌ न कात्छन्, तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍नो सारा गौरवमा यीमध्‍ये एउटा जतिको पनि विभूषित थिएनन्‌। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, उहाँले तिमीहरूलाई झन्‌ कति बढ़ी आभूषित गर्नुहुनेछ। के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्‍तित पनि नहोओ। किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌। “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्‍य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुहुन्‍छ।